एउटा संपूर्ण ब्लग www.timimeri.blogspot.com
gajal gajal gajal
माया होस त्यो मुटुभरी ओठमा नाम चाहिंदैन बरु
छुरा नहोस बगलीमा मुखमा राम चाहिंदैन बरु
कर्म ठूलो हुन्छ मित्र देखावटि धर्म भन्दा
पवित्र होस मन संगी कुनै धाम चाहिंदैन बरु
सच्चा मित्र हो दुखको स्वार्थि मात्र सुखको
थालनी होस नवीन कार्य कुनै याम चाहिंदैन बरु

तितो यथार्थ को एउटा गजल
तिम्रै लागी साँचीयका, खुसि दिन पाईन मैले !!
एकोहोरो माया गर्थे दुइटा अर्थ लाईन मैले !!!
आफै भीत्र समेटेर राखें तिमीलाई गल्ति गरेँ !!
आशा बांडन झुटा कसम तिम्रा लागी खाईन मैले !!!
यतार्थमै थिएँ म, अझै पनी अँगाल्ने छू !!
झुटा प्रितले भरियका गीतहरु गाईन मैले !!!
रंगमंचको नाटक जस्तै, क्षणभरको खुसी लीन !!
हारें बरु आफैसंग, तिम्रो आँगन धाईन मैले !!!
इच्छा हरु धेरै थिए, अपुरा नै रहे सानु !!
बिबशताले, चुहिने घरको छानो पनी छाईन मैले !!!
एकोहोरो माया गर्थे दुइटा अर्थ लाईन मैले !!!
तिम्रै लागी साँचीयका, खुसि दिन पाईन मैले !!
एकोहोरो माया गर्थे दुइटा अर्थ लाईन मैले !!!
prakash gnawali
south korea
मेरो भाषामा:----बर्तमान अनी बिद्धमान नेपाल
(आफ्नै स्वार्थ सिद्ध पार्न,)2 देशलाई खाल्टो खंन्दै छन रे !!!
भन्छन अझै संबिधानको खाकाहरु बन्दै छन रे !!सर्बहरा जनताको, नेतागिरी गर्नेहरु !!
जनताको टाउको काटी, लिलामको मोल भन्दै छन रे !!!
भन्छन अझै संबिधानको खाकाहरु बन्दै छन रे !!!!
आशा अनी जनताका आंशुलाई थाती राखी !!
आफ्नै मुहार सिगार्नलाई, फेरी मन्त्री बन्दै छन रे !!!
भन्छन अझै संबिधानको खाकाहरु बन्दै छन रे !!!!
मूल्य बृद्धिले ढाड सेकी पशिनालाई पेल्दै कतै !!
तलब भत्ता आउने दिनलाई, औठा भांची गन्दै छन रे !!!
भन्छन अझै संबिधानको खाकाहरु बन्दै छन रे !!!!
आफ्नै स्वार्थ सिद्ध पार्न, देशलाई खाल्टो खंन्दै छन रे !!!
आखिर नेपाली जनताले श्राप पायकै हुन...यति सुन्दर देशमा यसरी आफै भीत्र समेत बिचलित भयको अनुभूति हुन लागेको छ ...आफुलाई नेता ठान्ने यी देशद्रोही हरुको यही पाराले एउटा स्वतन्त्र देशभक्त नेपालीलाई संबृद्ध राष्ट्रको कल्पनासम्म गर्न पनि दोधारे बनाईदियको छ.....!!!
prakash gnawali ( south korea )
मेरा केही रचनात्मक शब्दमाँ मायाको परिभाषा :-
कसै संग ननिहुरिने मान्छे पनी मर्छ अरे !!
ढुंगा जस्तै मनको मान्छे भुमरिमा पर्छ अरे !!!
जिन्दगीका यात्राहरू तय गर्छु भन्दै जादा !!
एक्लै बाचछू भन्ने पनी अर्कै मनमा सर्छ अरे !!!
जून तारालाई आकाशमा हेर्दै मन्द छर्नेहरू !!
त्यै तारालाई भुइमा झार्छु भन्ने बाचा गर्छ अरे !!!
जिन्दगिलाई छोट्याउदै लान्छु भन्नेहरुको नि !!
हरेक बर्ष हरेक मौषम एकैछिनमा टर्छ अरे !!!
भाग्य रेखा आफै कोर्छु भन्नेहरू पनी यहाँ !!
अन्तिम घडी बिदाईका हात हल्लाउनै पर्छ अरे !!!
उसकैनिम्ति जिन्दगीमा मौलायका आशाहरु !!
बिदाई का हात संगै टूक्रियर झर्छ अरे !!!
आखिर यो माया अभिश्राप हो की बरदान ??????होला कसैको लागी यो बरदान ....
तर यो कसैका लागी भने ठुलो अभिश्राप नै हो ...नत जिउदो लास भई जिउनु नत मर्नु को बिकल्प नै..!!!
प्रकाश ज्ञवाली..( प्रयाश )
भुल्न खोज्छु नसकेर एक प्याक पिए मैले !!
भुल्न खोज्छु नसकेर एक प्याक पिए मैले !!
उही कालीको नाम सम्झी अर्को प्याक लिए मैले !!!
आखां भरी रहिरह्यौ,मुटुमा झन धड़कन बनी !!
निष्ठुरीको याद मेट्न नसा संगै जिए मैले !!!
यता जान्छु उता जान्छु कल्पनाका यादहरु !!
त्यही याद मेटाउन अर्को प्याक पिए मैले !!!!
मुटु सबै तिमीलाई दिए छिया- छिया बनाई दियौ !!
आज फेरी सम्झनामा ,किन आयौ मेरी काली !!

अझै पनी बाच्ने आशा, फेरी मुटु सिय मैले !!!
आज फेरी सम्झनामा ,किन आयौ मेरी काली !!
सम्झना लाई अझै सम्झे,अर्को प्याक दिए मैले !!!
भुल्न खोज्छु नसकेर एक प्याक पिए मैले !!
उही कालीको नाम सम्झी अर्को प्याक लिए मैले !!!
prakash gnawali
पैसा तँ धन्य छस्..........!!!
सभ्य नरनारीको स्वच्छ भावनाहरु
तेरो पछाडि किंकर्तव्यविमूढ बनेका छन् !!
तेरो पछाडि किंकर्तव्यविमूढ बनेका छन् !!
त्यसैले पैसा तँ धन्य छस् धन्य !!!
तँलाई पाउनेहरु यहॉँ,
स्वर्गको आनन्द लिएका छन् !
अनि नपाउने चाहिं
भोक भोकै मरेका छन्
न तँलाई खान हुन्छ,
न लगाउन नै,
तैपनि मृगा तृष्णामा मानव
काकाकुल वनेर भौंतारिदैछ
'मम्मी'को अभावमा मेरी छोरी
विकिलिक्सको सूचनाले संसार हल्लाएको छ। पारसको गोली–प्रकरणले नेपाल। तर, मलाई भने पछिल्ला केही दिनदेखि बिरामी परिरहेकी मेरी चार वर्षीया छोरीको मनोदशा, भाव–भंगीमा र व्यवहारले हल्लाउनसम्म हल्लाएका छन्। उसको निर्निमेष हेराई, कलेठी परेका ओठ र लोलाइरहेका आखाँका भावले छोरीमा अन्तरनिहीत एकान्तता र अपर्याप्तताको छनक दिइरहेको जस्तो लाग्न थालेको छ। अभिभावक भएपछि सामान्य कुराको पनि अर्थ खोज्नु पर्ने रहेछ। वा, खोजिँदो रहेछ। कहिलेकाँही यस्ता सामान्य कुराले असामान्य प्रकृतिको अनुभूति पैदा गर्दा रहेछन्। त्यसैले त सबै अभिभावक संवेदनशील हुन्छन्। सायद, माया भनेकै यही पो हो कि !
झन् दुख्खको घडीमा त यस्तो संवेदशिलता मैन पग्लेजस्तै पग्लदो रहेछ। जलिरहेको बत्तिमुनि थुप्रिएको मैनजस्तै मुटुको अन्तरकुन्तरमा जम्मा हुदोरहेछ भावुकताको यस्तो यौगीक, जहाँ खुशी नामको तत्व पटक्कै हुँदैन।
‘तिमीलाई कस्तो छ नानु?’, राती अबेर कार्यालयबाट फर्केर निधार छाम्दै बिरामी छोरीलाई मैले सोधपुछ गरेको थिएँ, अघिल्लो साताको अन्तिम दिन। छोरीलाई हन्हनी ज्वरो आइरहेको थियो। अशक्त थिई। अनुहार पुरै फुङ उडेजस्तो निस्तेज थियो। उसले काँपिरहेका ओठ सल्बलाउँदै भनेकी थिई, ‘बाबा मलाई केही भएको छैन। भोलि स्कुल जान्छु। भर्खरै चार वर्ष पूरा भएकी छोरीले किन यसो भनिरहेकी छे भेऊ पाउन मलाई साह्रै गाह्रो भयो। मैले सोचेँ, छोरीले मलाई आश्वस्त पार्न खोजिरहेकी छे।

मातियर यो नशामाँ
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी ...!!
नजिक छैनौ त के भो र तिम्रै साथमा झुल्दा पनी !!!
लाग्छ आफै तैरिसके जिन्दगीको सतह माँ ...!
यो मनलाई थाती राखी तिमी भित्रै घुल्दा पनी !!
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!!
देखनेलाई हारिसके, म आफैमा मरिसके... !
तिमीलाई बिचमा राखी ओरीपरी फुल्दा पनी !!
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!!
बन्द थिए आशा अनी जिन्दगीका ढोकाहरू... !
एउटा आशा आउछौ भनी बन्द ढोका खोल्दा पनी !!
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!!
अझै पनी कत्ती कत्ती तिम्रै निम्ति बाच्ने आशा !
नशा भित्रै हरायर मातियर डुलदा पनी !!
मातियर यो नशा माँ म आफैलाई भुल्दा पनी....... !!!
नजिक छैनौ त के भो र तिम्रै साथमा झुल्दा पनी !!!!
prakash gnawali
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा !!!
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
दुख सबै आफै लीई तिमीलाई सुखी पार्छू भन्दा
स्वार्थी संसार को चाहन्छ ? आफैलाई तल पार्न
तिमीलाई सधै जितायर ,म आफैमा हार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
मेरा पनी इछ्या हुन्छन् ,यो समयको प्रबिर्ति हो
तिम्रै इछ्या पूरा ग़री ,मेरा इछ्या मार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
तिम्रो इछ्या तिम्रै खुसी , मेरा पनी तिमीलाई नै
आफै भीत्र डढीयर , आफ्नै मनलाई मार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
लतत्यारै गयौ आज , एकादेश को कहानी भो
तिम्रो मनको ढुकढुकीमा , मेरो बशाई सार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
खोला वारी म रहेर ,तिमीलाई पारी तार्छू भन्दा
दुख सबै आफै लीई तिमीलाई सुखी पार्छू भन्दा
प्रकाश ज्ञवाली
दक्षिण कोरिया
खुसी पोख्ने रहर.....
खुसी पोख्ने रहर थियो रहरमै सीमित भए !
कैद ईच्छा प्रवासको शहरमा सीमित भए ! !
बादलपारी आए हजुर विरानो यो प्रदेशमा !
जिउने आशा निरर्थक भो कहरमा सीमित भए ! !
कैद ईच्छा प्रवासको शहरमा सीमित भए ! !
बादलपारी आए हजुर विरानो यो प्रदेशमा !
जिउने आशा निरर्थक भो कहरमा सीमित भए ! !
आज पनि बाचा तोड्यौ
आज पनि बाचा तोड्यौ, भोलिको भर परुं कति,
छेउमा आयो रिसाउंछ्यौ, पर-पर सरौं कति !
ओइली झर्ने फुल जस्तै , ढल्कि जाने बैंस पनि,
बुझेर नि बुझ पचायौ, प्रतिक्षा अझै गरौं कति !
डांडा माथि चौतारीमा, आऊ है भेट्न कहिले काहिं,
एकोहोरो मैले मात्र, गाउँ बेसी झरौं कति !
हिउंद-बर्षा भन्या छैन, अझै कुरा बुझ्या हैन,
तिम्रो निम्ति उर्लिएको, खहरे भेल तरौं कति !
दुनियाँले के नै भन्छ, दुई आत्मा मिले पछि,
जे-जे पर्ला देखा जाला, सधैं भरि डराउं कति !

जिउँदै जलेर खरानी
जिउँदै जलेर खरानी,हुँदैछु आज म ।
हो एक्लै ढलेर बिरानो,हुँदैछु आज म ।।
हो एक्लै ढलेर बिरानो,हुँदैछु आज म ।।
लागेनी डढेलो छातिमा,देखिन्न धुवाँ खै !
यो आत्मा बलेर परानी,हुँदैछु आज म ।।
यो आत्मा बलेर परानी,हुँदैछु आज म ।।
तिम्रो साथ पाइन सानु
तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला म
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला म
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला म
हारे मैले जिन्दगिमा बाच्नु कुनै अर्थ छैन,
आर्यघाटको समिप्यमा छिट्टै बसाइ सर्छु होला
जादैछु म धेरै टाढा आउछु आउन्न थाहा छैन,
गन्तब्यमा पुगे भने पक्कै खबर गर्छु होला
स्वदेशमै बसेर धन, कमाउनुको मज्जा बेग्लै
स्वदेशमै बसेर धन, कमाउनुको मज्जा बेग्लै-2
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!
जिन्दगीको यात्राभरि, प्रियसीको साथै बसी-2
उनकै हातमा आफ्नो कमाई, थमाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!
पराईको बगैचामा, माली बन्यो केइ न केई -२
आफ्नै घारमा महै मह, जमाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!
अरुलाई पानी मागी, प्यास मेटाइरहनु भन्दा-2
आँगनीको छेउमा ईनार, बनाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!
हिमचुलीको पानी पिई, मकै भटमास चापाउँदै-२
चन्द्र सुर्य अङ्कित झन्डा,समाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!
दिपेन्द्र भट्टराई
साउथ कोरिया
Subscribe to:
Posts (Atom)