तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

तपाईंको पाना .....



  • तपाईंले पठाउनु भयका रचानाहरुको एउटा संगम .........
http://www.timimeri.blogspot.com/


  • जिउँदै जलेर खरानी
जिउँदै जलेर खरानी,हुँदैछु आज म ।
हो एक्लै ढलेर बिरानो,हुँदैछु आज म ।।
लागेनी डढेलो छातिमा,देखिन्न धुवाँ खै !
यो आत्मा बलेर परानी,हुँदैछु आज म ।।
फकायौ र हान्यौ बाणले,ढलायौ किन हो ?
दुनियाँ छलेर निसानी,हुँदैछु आज म ।।
रहेछौ त ढुङ्गा मनको,पिरती यो जाँतो भो ।
खलमा फलेर पिसानी,हुँदैछु आज म ।।



  • निस्ठुरी बन्न नखोज माया
  • निस्ठुरी त काँडा पनि हुन्छ!!

टाढा हुन नखोज  माया
टाढा त तारा पनि हुन्छ
निस्ठुरी बन्न नखोज माया
निस्ठुरी त काँडा पनि हुन्छ!!


गितार बाट चुडिएको तार हु म
जोडेर बच्छ भने बजाउ !
मरुभूमिमा उम्रिरिएको फुल हु म
दिलमा ठाउँ छ भने सजाउ !!


यदी तिमि साचो  मनले सोचेउ भन
छायाँमा पनि माया पाउने छेउ
यदि तिमि पापी मनले सोचेऊ भने !
अमृतलाई पनि बिष  ठान्ने  छेउ !!

सरू ज्ञवाली (kathmandu)



दीपेन्द्र भट्टराई
  • पराईको मुलुक
(पराईको मुलुकतिर ,पाईला न-चाली हजुर)-२
जीविका नै चलेन ,स्वाभिमान न-फाली हजुर!!
(कति आए, कति गए, दशैं अनि तिहारहरू )-२
नत दिदी न आफन्त,आफ्नो निधार खाली हजुर!
जीविका  नै चलेन ,स्वाभिमान न-फाली हजुर!!
(धम्कीले बाआमालाई, झनै सारो पार्दै छ रे)-२
'डाँको छोडी रुन्छे दिदी', भन्दै थीई साली हजुर!
जीविका नै चलेन ,स्वाभिमान न-फाली  हजुर!!
(गोरो छाला हुने गोरी, पशु भन्ने सोच्दा  रैछन)-2
के गर्दै होलान हामीलाई,मान्छे ठान्ने काली हजुर!
जीविका नै चलेन ,स्वाभिमान न-फाली  हजुर !! 
('एता आ,त्यता जा,यो उचाल ,त्यो फाल ')-२
२० को ठाउँमा १९ हुँदा ,मुटु छेड्ने गाली हजुर!
जीविका नै चलेन ,स्वाभिमान न-फाली हजुर!!
(बनमारा र तितेपाती ,सप्रे होलान गैरी खेतमा)-२
आफू भने पराई कै ,बगैंचामा माली हजुर !!
जीविका नै चलेन , स्वाभिमान न-फाली हजुर!!
(पाखुरीमा पाईन छउन्जेल,पेलाउँछन् फलामहरु)-२
जसै ढल्छ उमेर अनि ,छोराको पाली हजुर !
जीविका नै चलेन , स्वाभिमान न-फाली हजुर!! 
(आफ्नै गाउँठाउँमा जुनी,काट्ने रहर कस्लाई हुन्न)-२
सुखै छैन जिन्दगीलाई ,खाडीमा न-हाली हजुर !
जीविका नै चलेन , स्वाभिमान न-फाली हजुर!!
('गर्छु, गर्छु' भन्दा भन्दै, नगर्दैमा मरे "ती" त)-२
बन्दैन यो मुलुक अब ,मुर्दालाई न-बाली हजुर !
जीविका नै चलेन ,स्वाभिमान न-फाली हजुर!!
पराईको मुलुकतिर , पाईला न-चाली हजुर!!
साउथ कोरिया

  • स्वदेशमै बसेर धन, कमाउनुको मज्जा बेग्लै-2
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

जिन्दगीको यात्राभरि, प्रियसीको साथै बसी-2
उनकै हातमा आफ्नो कमाई, थमाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

पराईको बगैचामा, माली बन्यो केइ न केई -२
आफ्नै घारमा महै मह, जमाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

अरुलाई पानी मागी, प्यास मेटाइरहनु भन्दा-2
आँगनीको छेउमा ईनार, बनाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

हिमचुलीको पानी पिई, मकै भटमास चापाउँदै-२
चन्द्र सुर्य अङ्कित झन्डा,समाउनुको मज्जा बेग्लै!
आफ्नै पाखा पखेरामा, रमाउनुको मज्जा बेग्लै!!

दिपेन्द्र भट्टराई
सुवन, साउथ कोरिया

No comments:

Post a Comment